काठमाण्डौ । आज शेयर बजार सामान्य बढेर बन्द भउको छ । आज नेप्से परिसूचक २ दशमलव ६६ अंकले बढेर २,७८० को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड २३ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ८५ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको २० करोड ४९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । एसबिएल डिबेञ्चर २०८४ का इकाईधनीले १४ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । विजय लघुवित्तका लगानीकतार्नले ८ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल रिइनस्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले गुमाएका हुन् ।
आज बजारमा १४९ कम्पनीको शेयरभाउ बढेको छ भने ११६ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब ७८ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
अर्थ चाैतारी ।