logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै

    महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै

    637
    SHARES
    महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै

    काठमाण्डौ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को चन्द्रौटा–कोहलपुर खण्ड स्तरोन्नतिका लागि परामर्शदाता चयन प्रक्रिया अघि बढाएको छ । महाशाखाले यस सडक खण्डको सम्भाव्यता अध्ययन र विस्तृत डिजाइन कार्यका लागि योग्य अन्तर्राष्ट्रिय परामर्शदाताहरूबाट आशयपत्र आह्वान गरेको हो ।



    विश्व बैङ्कको ऋण सहयोगमा सञ्चालित ‘पूर्वी दक्षिण एसिया यातायात तथा व्यापार आबद्धता अभिवृद्धि आयोजना – नेपाल पहिलो चरण’ अन्तर्गत यो कार्य अघि बढाइएको हो । सूचना अनुसार परामर्शदाताले महेन्द्र राजमार्गको कुल १६५ किलोमिटर लम्बाइ रहेको चन्द्रौटा–कोहलपुर सडक खण्डको प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन गर्नेछ । हाल दुई लेन रहेको यस सडकलाई जलवायु अनुकूल र सुरक्षित चार लेनको स्तरमा स्तरोन्नति गर्न उपयुक्त विकल्पहरूको पहिचान गरिने उल्लेख छ ।

    सम्भाव्यता अध्ययनसँगै परामर्शदाताले चन्द्रौटा–ढनखोला खण्ड (करिब १७ किमी) र लमही–कोहलपुर खण्ड (करिब १०८ किमी) को विस्तृत डिजाइन समेत तयार गर्नुपर्ने उल्लेख छ । यसअघि नै मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदान सहयोगमा स्तरोन्नतिको काम अघि बढिसकेको ढनखोला–लमही खण्ड (करिब ४० किमी) लाई भने विस्तृत डिजाइनको क्षेत्रबाट बाहिर राखिएको छ ।

    यो परामर्श सेवाका लागि योग्य अन्तर्राष्ट्रिय फर्महरूले आगामी जुन २९, २०२६ (तदनुसार २०८३ असार १५ गते) भित्र सडक विभागमा लिखित रूपमा वा इमेलमार्फत आशयपत्र बुझाउन सक्नेछन् ।

    परामर्शदाताको छनोट विश्व बैङ्कको खरिद नियमावली अनुसार ‘गुणस्तर र लागतमा आधारित छनोट’ विधिबाट गरिनेछ । यो कार्यको कुल अवधि करिब १५ महिनाको हुने र सम्भावित रूपमा नोभेम्बर २०२६ देखि कार्य सुरु हुने विभागले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट