काठमाडौं । फुटबलको महाकुम्भ ‘विश्वकप’ को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ। नेपाली दर्शकहरूको यही उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी (CG) र यसको प्रिमियम सिरिज ‘सीजी मेरिडिया’ (CG Meridia) ले आफ्ना टेलिभिजनहरूमा आकर्षक वर्ल्ड कप टु वर्ल्ड कप ४ वर्षको खेल, ४ वर्षकै वारेन्टी ! योजना सार्वजनिक गरेको छ।
फुटबलको खेल हरेक ४ वर्षमा आउने कुरालाई मध्यनजर गर्दै, कम्पनीले उपभोक्ताको घरमा ४ वर्षसम्मकै ढुक्कको अनुभव प्रदान गर्न यो विशेष स्पेसल वर्ल्ड कप अफर ल्याएको हो।
योजनाका मुख्य आकर्षणहरू (Bumper Offers):
यस योजना अन्तर्गत सीजी तथा सीजी मेरिडियाका टेलिभिजनहरू खरिद गर्दा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्नेछन्:
रु. ३६,०००/- सम्मको महा-क्यासब्याक: टिभी खरिदमा ग्राहकहरूले आकर्षक छुट स्वरूप ३६ हजार रुपैयाँसम्मको क्यासब्याक (Cashback) प्राप्त गर्न सक्नेछन्।
४ वर्षको ढुक्कको वारेन्टी (2+2 Years Warranty): विश्वकपको ४ वर्षे साइकललाई थिम बनाएर कम्पनीले सीमित मोडलका टेलिभिजनहरूमा ४ वर्षको वारेन्टी प्रदान गरेको छ। यस अन्तर्गत ग्राहकले २ वर्षको पूर्ण वारेन्टी (Comprehensive Warranty) र थप २ वर्षको सर्भिस वारेन्टी (Service Warranty) प्राप्त गर्नेछन्। यो विशेष वारेन्टी सुविधा लागू गर्न ग्राहकले टिभी खरिद गरेपश्चात् दर्ता (Warranty Registration) को लागि कम्पनीको टोल-फ्री नम्बर १६६००१०२२११ मा कल गर्नुपर्नेछ।
सजिलो EMI (नागरिकता भए पुग्छ!): टिभी खरिद गर्न चाहने तर एकैपटक रकम तिर्न गाह्रो हुने ग्राहकका लागि कम्पनीले ‘तुरुन्तै सजिलो EMI’ को व्यवस्था गरेको छ, जसका लागि झन्झटिलो कागजी प्रक्रियाबिनै केवल ‘नागरिकता’ मात्र भए पुग्नेछ।
योजनाको अवधि र उपलब्धता
यो ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपाल अधिराज्यभरि लागू हुनेछ।
विगत २ दशकदेखि नेपाली उपभोक्ताको घर-आँगनमा जोडिएको सीजी ब्रान्डका यी अत्याधुनिक टिभीहरू देशभर रहेका २१ वटा अत्याधुनिक ‘सीजी डिजिटल’ शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np, cginspiringlife.com मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै, देशभर फैलिएका ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।
“विश्वकप केवल एउटा खेल मात्र होइन, यो परिवार र साथीभाइ सँगै बसेर खुसी साट्ने उत्सव हो। हाम्रो यो योजनाले ग्राहकलाई सहुलियत मात्र नभई ४ वर्षसम्म निर्धक्क भएर उत्कृष्ट भिजुअल क्वालिटीमा खेल हेर्ने ग्यारेन्टी दिन्छ,” सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। “Experience Life with CG” को मूल नारालाई आत्मसात गर्दै सीजीले यो विश्वकपलाई नेपालीहरूको घर-घरमा अविस्मरणीय बनाउने विश्वास लिएको छ।
अर्थ चाैतारी ।