logo

२०८३ जेष्ठ २४, आइतबार

logo
  • २०८३ जेष्ठ २४, आइतबार
  • पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक

    पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक

    130
    SHARES
    पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक

    काठमाण्डौ । गण्डकीका लागि ओमोडा जेक्को तथा आइकर गाडीको आधिकारिक बिक्रेता एलाइट मोटर्सले पोखरामा ओमोडा ई५ प्रो सार्वजनिक गरेको छ। कार्यक्रममा नयाँ ओमोडा ई५ प्रो खरिद गरेका ११ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। पोखरामा प्रवेश गरेदेखि नै ओमोडाले ग्राहकबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको छ। हालसम्म पोखरा वरपरका क्षेत्रमा ३५० भन्दा ओमोडा ई५, १ सयभन्दा बढी जेक्को जे६, ५० भन्दा बढी जेक्को जे५ तथा ६० भन्दा बढी आइकर सवारीसाधन ग्राहकलाई हस्तान्तरण गरिसकिएको कम्पनीको भनाइ छ।



    यस अवसरमा ओमोडा जेक्को नेपालले पोखरामा वारेन्टी कभरेजलाई ११ वर्षसम्म विस्तार गर्ने घोषणा गरेको छ। यसले ब्रान्डको दीर्घकालीन विश्वसनीयता, ग्राहक विश्वास तथा स्वामित्व सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको दाबी छ। कार्यक्रममा कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्की, एसपीजी अटोमोबाइल तथा इलाइट मोटर्सका निर्देशकहरू सहभागी थिए।

    नयाँ ओमोडा ईएस प्रोमा ५०.७ किलोवाट घन्टा क्षमताको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर, २८८ न्यूटन मिटर टर्क, १९१ मिमी ग्राउण्ड क्लियरेन्स, स्पोर्ट मसाज सिट, १९ भन्दा बढी एडएएस सुरक्षा फिचर, थप प्रिमियम इन्टेरियर तथा आकर्षक स्पोर्टी एक्स्टेरियर डिजाइनजस्ता विशेषता समावेश छन्।

    नयाँ ओमोडा ईएस५ प्रोको मूल्य सिंगल टोन भेरियन्टका लागि ५१.५९ लाख तथा डुअल टोन भेरियन्टका लागि ५१.९९ लाख निर्धारण गरिएको छ। तर, ग्राहकको उत्साहजनक बुकिङलाई ध्यानमा राखी कम्पनीले सीमित अवधिका लागि विशेष प्रारम्भिक मूल्यस्वरूप ४९.९९ लाखमा उपलब्ध गराउने घोषणा गरेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट