logo

२०८३ जेष्ठ २४, आइतबार

logo
  • २०८३ जेष्ठ २४, आइतबार
  • लीपमोटर बी १० एसयूभीको मूल्य ५ लाख घट्यो, अब मात्र ५४ लाख ९९ हजार रूपैयाँमा पाइने

    लीपमोटर बी १० एसयूभीको मूल्य ५ लाख घट्यो, अब मात्र ५४ लाख ९९ हजार रूपैयाँमा पाइने

    221
    SHARES
    लीपमोटर बी १० एसयूभीको मूल्य ५ लाख घट्यो, अब मात्र ५४ लाख ९९ हजार रूपैयाँमा पाइने

    काठमाण्डाै । नेपालका लागि लिपमोटर गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी १० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ। नेपालको नयाँ कर प्रणाली लागू भएसँगै सन् २०२६ को मोडलका लागि यस गाडीको मूल्य साबिकको ६० लाखबाट रुपैयाँबाट ५ लाखले घटाएर ५४ लाख ९९ हजार कायम गरिएको छ।



    उत्तरढोकास्थित लिपमोटरको शोरुममा आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच यो घोषणा गरिएको हो। उक्त कार्यक्रममा सञ्चारकर्मीहरू, अटो इन्फ्लुएन्सरहरू र इलेक्ट्रिक सवारी (ईभी) प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। मूल्यमा गरिएको यो कटौतीले स्मार्ट र प्रविधिमैत्री इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि लिपमोटर बी १० लाई अझ बढी पहुँचयोग्य बनाउने विश्वास लिइएको छ।

    उक्त कार्यक्रममा सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले नेपाली ग्राहकहरूका लागि अत्यन्तै किफायती मूल्यमा उन्नत विद्युतीय गतिशीलता भित्र्याउन प्रतिबद्ध रहेकाे बताए। लिपमोटर बी १० ले आधुनिक एसयुभी प्याकेजमा बौद्धिक प्रविधि, प्रिमियम आराम र उत्कृष्ट कार्यक्षमताको संयोजन गरेको छ। बी १० को टप भेरियन्टमा ६७.१ किलाेवाटकाे एलएफपी ब्याट्री र १६० किलाेवाटको मोटर पावर रहेको छ।

    यो एसयुभी आधुनिक इभी प्रयोगकर्ताहरूलाई सहज र अत्याधुनिक ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। यसमा एड्भान्स एडास फिचर्स, युराे एनक्याप ५-स्टार सुरक्षा रेटिङ, स्न्यापड्रैगनद्वारा सञ्चालित स्मार्ट ककपिट, फराकिलो इन्टेरियर, द्रुत चार्ज गर्ने क्षमता र ६०० किमीको लामो ड्राइभिङ रेन्ज जस्ता सुविधाहरू रहेका छन्।

    लिपमोटर विश्वव्यापी रूपमा मान्यता प्राप्त इभी ब्रान्ड हो, जसलाई मासराटी, जीप, प्युजो जस्ता १४ वटा शीर्ष ब्रान्डहरू आबद्ध रहेको प्रख्यात स्टेलान्टिस समूहको बलियो साथ रहेको छ। चीनको नम्बर १ इभी स्टार्टअपका रूपमा लिपमोटरले बजारमा आफ्नो बलियो स्थान बनाएको छ। ब्रान्डको यो सफलता यसको विश्वव्यापी बिक्री तथ्याङ्कले पनि प्रमाणित गर्छ। लिपमोटरले हालसम्म विश्वभर १० लाखभन्दा बढी गाडीहरू बिक्री गरिसकेको छ, जसमध्ये मे महिनामा मात्रै रेकर्ड-ब्रेकिङ ८१ हजार ५६९ युनिट डेलिभरी भएका थिए।

    विश्वका ४० भन्दा बढी देशहरूमा १,७०० भन्दा बढी सेल्स तथा सर्भिस प्वाइन्टहरूको विशाल नेटवर्क रहेकाले ग्राहकहरूले लिपमोटर ढुक्क भएर खरिद गर्न सक्नेछन्।


    अर्थ चाैतारी
  • आइतबार, २४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट