logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • रास्वपाकै सहमहामन्त्री आचार्य भन्छन्ः सांसद बोल्छन्, सरकार सुन्दैन

    रास्वपाकै सहमहामन्त्री आचार्य भन्छन्ः सांसद बोल्छन्, सरकार सुन्दैन

    624
    SHARES
    रास्वपाकै सहमहामन्त्री आचार्य भन्छन्ः सांसद बोल्छन्, सरकार सुन्दैन

    काठमाण्डौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले सरकारले संसद्को गरिमा घटाउने काम गरिरहेको आरोप लगाएका छन्।



    बिहीबार संसदको ‘शून्य समय’मा बोल्दै उनले संसद्‍मा सांसदले उठाउने गम्भीर विषयलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै असन्तुष्टि जनाएका हुन्। प्रतिनिधिसभामा सांसद्हरुले जनपक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको उनको टिप्पणी छ।

    ‘यदि शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भनौँ,’ रास्वपाका सहमहामन्त्रीसमेत रहेका आचार्यले भने, ‘तर यदि जनताका पीडा र सांसदका प्रश्नहरू बोले पनि शून्यमै बिलाउने हुन् भने यसको नाम ‘ब्ल्याक होल समय’ राखौँ।’

    ‘ब्ल्याक होल’ मा प्रकाशसमेत हराउने वैज्ञानिक तथ्य उल्लेख गर्दै उनले संसद्मा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी त्यसरी नै हराउन नहुने बताए।

    ‘शून्य समय जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो, तर ढोका खुलेपछि अगाडि बढ्ने बाटो पनि हुनुपर्छ,’ आचार्यले भने, ‘सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने—यो परम्परा अब अन्त्य हुनुपर्छ।’


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट