logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • १०० विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

    १०० विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

    247
    SHARES
    १०० विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

    काठमाण्डौ । आईएमई लाईफ इन्स्युरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत म्याट्रिक्स आई सेन्टरसँग सहकार्य गर्दै आर्थिक अभावका कारण उपचारबाट वञ्चित मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ।



    कम्पनीले उक्त कार्यक्रमका लागि ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ। यस सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु पीडित नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

    म्याट्रिक्स आई सेन्टरले विगतदेखि देशका विभिन्न जिल्लामा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

    आईएमई लाइफ इन्स्योरेन्सका उपकार्यकारी प्रमुख खिलेन्द्र पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरें।

    त्यसैगरी, म्याट्रिक्स आई सेन्टरका अध्यक्ष सुरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त कार्यक्रमले ग्रामीण क्षेत्रका सयौं विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए। आईएमई लाईफ इन्स्युरेन्सले “एनस्युरिङ फ्युचर” भन्ने आफ्नो मूल मन्त्रअनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट