logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • श्रीनाले आफ्नो जन्मदिनमा खरिद गरिन् बीमा पोलिसी

    श्रीनाले आफ्नो जन्मदिनमा खरिद गरिन् बीमा पोलिसी

    195
    SHARES
    श्रीनाले आफ्नो जन्मदिनमा खरिद गरिन् बीमा पोलिसी

    काठमाण्डौ । पछिल्लो समय जन्मदिन, विवाह, विभिन्न उत्सवमा बीमा पोलिसी उपहार दिने अथवा आफुले लिने प्रचलन बढेको छ । यसैबीच आफ्नो जन्मदिनको अवसरलाई थप स्मरणीय र अर्थपूर्ण बनाउँदै श्रीना खत्रीले १० लाख रुपैयाँ बराबरको सुरक्षा हुनेगरी जीवन बीमा खरिद गरेकी छन् ।



    बीमा सुरक्षा खरिद गर्दै उनले जीवनका अनिश्चित जोखिमहरूबाट आर्थिक रूपमा सुरक्षित हुनेमा खुशी व्यक्त गरिन् । यस अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स फर्साटिकरका शाखा प्रमुखले उनको निर्णयको प्रशंसा गर्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

    जन्मदिनमा केक काट्ने, शुभकामना आदानप्रदान गर्ने परम्परासँगै बचतको बानी बसाल्ने र आफ्नो भविष्य सुरक्षित बनाउने उद्देश्यले गरिएको यो निर्णयलाई आर्थिक दूरदर्शिताको उत्कृष्ट उदाहरणको रूपमा हेरिएको बताइएको छ ।

    जन्मदिनमा आफैंलाई दिएको सबैभन्दा उत्कृष्ट उपहार भनेको भविष्यको सुरक्षा रहेको उनले बताइन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट