काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स सदाबहार योजना’ (एसआईपी) मा डिजिटल माध्यमबाटै आवेदन दिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सर्वसाधारणमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले उक्त सुविधा सुरु गरेको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइट तथा ‘डीजी बैंक’ मोबाइल बैंकिङ सेवामार्फत सिधै एसआईपी आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।
बैंकका अनुसार यस सुविधाले एसआईपी आवेदन प्रक्रियालाई थप सरल, छिटो र सुरक्षित बनाउनेछ । साथै, ग्राहकलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न सहज हुने विश्वास गरिएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो । बैंकले डिजिटल लगानी सेवाको विस्तारसँगै ग्राहकलाई प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराउने रणनीतिअनुसार यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।
अर्थ चाैतारी ।