काठमाण्डौ । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २६४९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभर्सको १५ प्रतिशत, टक्सार पिखुवाको १४.९८ प्रतिशत र याम्बालिङ हाइड्रोको १४.९८ प्रतिशतले सेयर मूल्य बढेकाे छ ।
आज ३५९ कम्पनीको ७७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेड डिभेन्चर २०८६/८७ को ३३ करोड रुपैयाँ बराबरको भएको छ ।
साथै आँखु खोलाको १५ करोड र सिटी होटलको सेयर मूल्य ११ करोड रुपैयाँले कारोबार भएको छ ।
अर्थ चाैतारी ।