logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • धितोपत्र बोर्डबाट लक्ष्मी सनराइज बैंकले पायो रु. ३ अर्बको ऋणपत्र ल्याउने अनुमति, ब्याज कति ?

    धितोपत्र बोर्डबाट लक्ष्मी सनराइज बैंकले पायो रु. ३ अर्बको ऋणपत्र ल्याउने अनुमति, ब्याज कति ?

    65
    SHARES
    धितोपत्र बोर्डबाट लक्ष्मी सनराइज बैंकले पायो रु. ३ अर्बको ऋणपत्र ल्याउने अनुमति, ब्याज कति ?

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएको छ।



    नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘लक्ष्मी सनराइज बैंक डिबेन्चर २०९२’ नामक ऋणपत्र ल्याउन अनुमति दिएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

    कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासन गर्नेछ।

    यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

    लक्ष्मी सनराइज बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट