logo

२०८३ असार १८, विहिबार

logo
  • २०८३ असार १८, विहिबार
  • सार्वजनिक गाडीको भाडा घट्यो

    सार्वजनिक गाडीको भाडा घट्यो

    104
    SHARES
    सार्वजनिक गाडीको भाडा घट्यो

    काठमाण्डौ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले घटाएको छ । विभागले इन्धनको मूल्य घटाएसँगै गाडी भाडा पनि घटाएको हो ।



    यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी सबैका हकमा यो गिरावट लागू हुनेछ । उपत्यका तथा अन्तर जिल्लामा भने भाडा घटेको छैन ।

    वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको हो ।

    विभागले यात्रुवाहक सवारी साधनको २ प्रतिशत घटी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २ प्रतिशत घटी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी २ प्रतिशत घटी हुने किसिमले भाडा घटाएको छ । यो नयाँ भाडा दर असार १८ गतेदेखि लागू हुने विभागले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट