logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

    सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

    0
    SHARES
    सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

    काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। असार २९ ९ गते सिडिएससी, शेयर रजिष्ट्रार र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।



    अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।

    कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

    कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट