logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

    कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

    416
    SHARES
    कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

    सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् ।



    आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा दिएका हुन् । उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए ।

    पार्टीभित्र उनीहरूको कार्यसम्पादनप्रति निरन्तर प्रश्न उठिरहेको थियो । यद्यपि मुख्यमन्त्री यामलाल कँडेलले स्वीकृत भने गरिसकेको अवस्था छैन ।

    मुख्यमन्त्री मन्त्रिपरिषद्को बैठकमा रहेकाले स्वीकृत हुन बाँकी रहेको स्रोतले बताएको छ।

    कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि कांग्रेसका मन्त्रीले राजीनामा दिएको बताए ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट