logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • भूसेवा केन्द्र सञ्चालन अनुमतिपत्र नवीकरण गर्न ९० दिनको समय

    भूसेवा केन्द्र सञ्चालन अनुमतिपत्र नवीकरण गर्न ९० दिनको समय

    325
    SHARES
    भूसेवा केन्द्र सञ्चालन अनुमतिपत्र नवीकरण गर्न ९० दिनको समय

    काठमाण्डौ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूसेवा केन्द्र सञ्चालन अनुमतिपत्रको नवीकरण गर्न ९० दिनको समय दिएको छ।



    साउन १ बाट ९० दिनभित्र केन्द्रको अनुमतिपत्र नवीकरण नगरे स्वतः रद्द हुने विभागले जनाएको हो। विभागका अनुसार असार मसान्तभित्रै नवीकरण गर्दा ३ हजार रुपैयाँ तिरे पुग्नेछ भने साउन १ देखि ९० दिनभित्र नवीकरण गर्दा थप दस्तुरबापत २ हजार रुपैयाँ तिर्नुपर्नेछ।

    विभागले भूमि प्रशासन निर्देशिक २०८१ को दफा ३७८ ‘क’बमोजिम भूसेवा केन्द्रको अनुमतिप्राप्त भूसेवा केन्द्रहरुले मालपोत नियमावली २०३६ को नियम २३ ‘ग’को उपनियम ५ अनुसार नवीकरण गर्न अनुरोध गरेको हो।

    यसका लागि करचुक्ताको प्रमाणपत्र, बैंक ग्यारेन्टीको हकमा २०८४ साउन मसान्तसम्म नवीकरण भएको, आफूले गरेको कामको अनुसूची १९ बमोजिमको विवरण आवश्यक पर्ने विभागले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट