logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कसरी हेर्न नतिजा ?

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कसरी हेर्न नतिजा ?

    936
    SHARES
    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कसरी हेर्न नतिजा ?

    काठमाण्डाै । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट भएको छ । आईपीओ आज विहान बाँडफाँट भएको हो ।



    कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

    कम्पनीको आईपीओमा १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए । तर भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी १७ लाख १७ हजार जनाको हात रित्तो भएको छ । कुल आवेदनमध्ये ८ हजार ४५२ जनाको आवेदन भने रद्द भएको छ ।

    लगानीकर्ताले विक्री प्रबन्धकको वेबसाइट एनआईएमबि एस क्यापिटल र मेरो शेयरबाट नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २३ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट