logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आइपीओको तयारीमा डिस मिडिया नेटवर्क: वर्षदिनमा ५ अर्बको व्यापार, बजार विस्तारमा आक्रामक

    आइपीओको तयारीमा डिस मिडिया नेटवर्क: वर्षदिनमा ५ अर्बको व्यापार, बजार विस्तारमा आक्रामक

    1K
    SHARES
    आइपीओको तयारीमा डिस मिडिया नेटवर्क: वर्षदिनमा ५ अर्बको व्यापार, बजार विस्तारमा आक्रामक

    काठमाण्डौ । सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरिरहेको डिस मिडिया नेटवर्क वित्तीय सूचकमा अब्बल देखिएको छ । धितोपत्र बोर्डबाट आइपीओ अनुमति पर्खि रहेको डिस मिडियाले पछिल्लो तीन वर्षमा मात्रै १५ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने सफल भएको छ ।



     

    रेटिङ एजेन्सी केयर रेयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् ५ अर्ब १७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । जुन सन् २०२३ को भन्दा १.१३ प्रतिशत धेरै हो । सन् २०२३ मा कम्पनीले ५ अर्ब ११ करोड ६० लाख र सन् २०२२ मा ४ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । आम्दानी वृद्धिले कम्पनीको बजार दायरा विस्तार र ग्राहक संख्या वृद्धिको देखिएको छ ।

     

    कम्पनीको व्याज, भाडा, मूल्यह्रास र करपूर्व नाफा मार्जिन सुधार हुँदै गएको छ । सन् २०२२ मा १७.७८ प्रतिशत रहेको यो सूचक सन् २३ मा केही नकारात्मक देखिए पनि सन् २४ मा २५.१७ प्रतिशतमा पुगेको छ । यसले कम्पनीले सञ्चालनगत खर्च व्यवस्थापनमा सुधार गर्दै लाभदायकता कायम राख्न सफल भएको देखिएको हो । यता, कम्पनीको व्याज कभरेज रेसियो पनिसुधार हुँदै गएको छ । सन् २२ मा ४.४५ गुणा रहेको यो सूचक सन् २०२३ मा केही चुनौतीपूर्ण देखिए पनि सन् २४ मा १.६१ गुणा पुगेको छ । यसको अर्थ कम्पनीले आफ्ना व्याज भुक्तानी क्षमता सुधार गरेको छ, जसले वित्तीय स्थिरता थप बलियो बनाएको छ ।

     

    साथै, कुल ऋण–इक्विटी अनुपात पनि सन् २३ को तुलनामा सन् २४ मा सुधारिएको छ। सन् २०२२ मा १.४६ गुणा रहेको यो अनुपात सन् २३ मा ३.६९ गुणा पुगेको थियो भने सन् २४ मा घटेर २.८७ गुणा पुगेको छ । ऋण अनुपातमा आएको सुधार कम्पनीको वित्तीय व्यवस्थापन तथा पूँजी संरचना मजबुत बन्दै गएको संकेत हो । कम्पनीको कुल ऋणदेखि स्थूल नगद आम्दानी अनुपातमा सुधार आएको छ । सन् २२ मा ५.१२ गुणा रहेको यो सूचक सन् २४ मा ८.९७ गुणा पुगेको छ । कम्पनीको व्यवसाय विस्तार तथा पूँजीगत लगानी रणनीतिले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने देखिएको हो ।

     

    डिस मिडिया नेटवर्कमा हाल स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडको २७ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले देशभर ७४ डिलर, ५,००० भन्दा बढी सब–डिलर, १४ सेवा केन्द्र, १,७०० भन्दा बढी सेवा फ्रेन्चाइजी, ८,००० बिक्री केन्द्र, ३३ स्थानीय केवल अपरेटर र १२५ स्थानीय केबल सञ्चालक फ्रेन्चाइजीहरू मार्फत व्यापक सञ्जाल विस्तार गरेको छ ।

     

    कम्पनीले आफ्नो लागत व्यवस्थापन सुधार गर्दै गएको छ । प्रविधिगत विस्तार र नवीनता पनि यसको प्रमुख बल हो । कम्पनीले आफ्नो डिसहोम गो नामक ओटीटी सेवा सुरु गरेको छ । जसले १०० भन्दा बढी प्रिमियम च्यानल र १ हजार भन्दा धेरै भिडियो अन–डिमान्ड च्यानलहरु प्रदान गर्छ । यता, आइएसपी सेवाको बजार हिस्सा गत वर्षसम्ममा ११ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको ८.५० प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो । कम्पनीले आफ्नै प्रसारण तथा प्राविधिक सञ्चालन टोली मार्फत विभिन्न उपग्रहहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एचडी र एसडी च्यानलहरू प्राप्त गर्ने, कम्प्रेस, इनक्रिप्ट गर्ने तथा डिटिएच, डिजिटल टिभी, आईपीटिभी र ओटीटी प्लेटफर्म मार्फत ग्राहकलाई सामग्री वितरण गर्ने काम गर्छ ।

     

    डिटिएच सेवाको मुख्य स्टेशन भैसेपाटीस्थित च्यासिकोटमा रहेको छ भने ब्याकअप टेलिपोर्ट ललितपुरको दुकुच्छापमा छ । डिटिएच प्रसारणका लागि प्रयोग गरिएको उपग्रहको नेपाल बीमको प्रभाव क्षेत्र नेपालका सबै ७७ जिल्लालाई समेट्ने गरी रहेको छ । कम्पनीले १० अर्ब रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम ६ अर्ब ४ करोड २० लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी प्लस’ र सर्ट ट्रम बैंक कर्जाका लागि ३ अर्ब ९५ करोड ८० लाख कर्जाका लागि ‘केयर एनपी ए४’ प्लस रेटिङ पुनः पुष्टि गरेको छ । कम्पनील १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आइपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २५ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट