logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट : तपाईलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

    क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट : तपाईलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

    1.1K
    SHARES
    क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट : तपाईलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

    काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा मंगलबार बिहान कम्पनीको आइपीओ बाँडफाँट भएको हो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ ।



    क्यापिटलका अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

     

    उक्त आइपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता सेयर खरिदका लागि आवेदन गरेका थिए । तीमध्ये १० हजार १२६ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

    आईपीओ नतिजा भने बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट : http://result.nimbacecapital.com/#/ipo-result

    सिडीएससीको मेरो सेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login

    सडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ४ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट