काठमाण्डाै । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुर्याउन एफपीओ विक्रीमा ल्याएको हो ।
कम्पनीले कुल ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको हो । यसअनुसार लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५ कित्ता एफपीओ निष्काशन गरेको हो । एफपीओमा सोमबार साँझ ५ बजेसम्ममा १६ लाख ९३ हजार ८५९ जनाले २ अर्ब ९१ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ९१ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन्।
यस एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयरमार्फत दिन सकिने व्यवस्था गरिएको छ । विन नेपाल लघुवित्तको एफपीओ निष्काशन तथा विक्री व्यवस्थापनको जिम्मा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिइएको छ ।
अर्थ चाैतारी ।