काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले भोलिबाट आईपीओ निष्काशनमा ल्याउने भएको छ। वैदेशिक रोजगारीमा गएकाहरु र स्थानीयबासीको लागि निष्काशन गरिसकेको कम्पनीले सर्वसाधारणका लागि २८ गतेबाट निष्काशनमा ल्याउँदै छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्काशन गर्नेछ।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँबराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता पनि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। निष्काशन बन्द छिटोमा २०८२ वैशाख २ गते हुनेछ भने ढिलोमा वैशाख ११ गते हुनेछ।
अर्थ चाैतारी ।