logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • हकप्रद निष्काशनको लागि सन नेपाल लाइफ इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

    हकप्रद निष्काशनको लागि सन नेपाल लाइफ इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

    1.7K
    SHARES
    हकप्रद निष्काशनको लागि सन नेपाल लाइफ इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

    काठमाण्डाै । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि २०८२ वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस संगै वैशाख ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् ।



     

    कम्पनीले चैत्र ३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको थियो। अब कम्पनीले १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

     

    हकप्रद शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २८ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट