logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो

    ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो

    1.4K
    SHARES
    ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो

    काठमाण्डौ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का सबै जिल्लामा पाठ्यपुस्तक पठाएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको हो । मुगु जिल्लाका २ ओटा स्थानीय तहबाहेक अन्य सबै स्थानीय तहका बिक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको केन्द्रले जनाएको छ ।



    केन्द्रले कूल १ करोड ७० लाख ५० हजार ९०० थान पाठ्यपुस्तक छापेको थियो । चैत्र २९ गतेसम्ममा विभिन्न ९ ओटा प्रादेशिक केन्द्रहरूबाट ७५ लाख ९४ हजार ७५ थान पाठ्यपुस्तक विक्री भएको र आवश्यकता अनुसार पाठ्यपुस्तक मौज्दात रहेको जनाएको छ ।

     

    कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका तपसिल बमोजिमका वितरण केन्द्रहरू वा सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

     

    देशभर रहेका सूचीकृत बिक्रेताहरूले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै छिटो छरितो पाठ्यपुस्तक उठाएर हरेक विद्यालयमा पुग्ने वातावरण बनाउन समेत केन्द्रले अनुरोध गरेको छ।

    janak


    अर्थ चाैतारी
  • आइतबार, ३० चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट