logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • खुल्न थाले विद्यालय, अभिभावकले सुरु गरे भर्ना अभियान र पठनपाठन

    खुल्न थाले विद्यालय, अभिभावकले सुरु गरे भर्ना अभियान र पठनपाठन

    793
    SHARES
    खुल्न थाले विद्यालय, अभिभावकले सुरु गरे भर्ना अभियान र पठनपाठन

    काठमाण्डौ । शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि पर्वतका सामुदायिक विद्यालय खुल्न थालेका छन् ।



    सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकले भर्ना अभियान सञ्चालन र पठनपाठन सुरु गरेका हुन् ।

    शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका अनुसार विभिन्न स्थानीय तहले विद्यालय खोलेर भर्ना अभियानका साथै पठनपाठन सुरु गरेका छन् । कुश्मा नगरपालिकाका केही विद्यालय, मोदी गाउँपालिका, फलेवास, महाशिला, जलजलाका विभिन्न विद्यालय खुलेर नियमित पठनपाठन हुन थालेको इकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।

     

    इकाईका अनुसार जिल्लामा २७५ सामुदायिक र २८ निजी विद्यालय छन् । आन्दोलनमा नगएका शिक्षकले अभिभावक र व्यवस्थापन समितिको दबाबमा विद्यालय सञ्चालन गर्न थालेका हुन् । यहाँका सामुदायिक विद्यालयमा करिब १९ हजार विद्यार्थी अध्ययनरत छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट