काठमाण्डौ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले बुधबार जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको हो।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भएपनि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेका थिए।
महान्यायाधिवक्ताको निर्णयपछि अभियोग पत्र दायर गरेको हो।
अर्थ चाैतारी ।