logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड

    आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड

    585
    SHARES
    आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड

    काठमाण्डौ । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक १२.५३ अंक घटेको हो । योसँगै २६४९.११ अंकमा कायम भएको छ । आज बजारमा १० अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।



     

    बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ । बजारमा आज पाँच वटा कम्पनीहरू नेपाल माइक्रो लाइफ, क्रेट माइक्रो लाइफ, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ ।

     

    क्षेत्रगत रुपमा होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापारमूलकको समूहको परिसूचक बढ्दा बाँकी सूचक घटेका छन् । होटल तथा पर्यटन क्षेत्रमा सर्वाधिक ६.५० प्रतिशतले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७२ अंकले घटेको छ ।

     

    आज बजारमा राधी जलविद्युत् र ङादी पावरको शेयर सर्वाधिक ६० करोड भन्दा धेरै कारोबार भएका छन् । कारोबार संख्या र कारोबार भएको शेयर संख्यामा पनि ङादी ग्रुप पावर सबैभन्दा धेरै रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २७ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट