logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नयाँ गभर्नरलाई नेप्सेको स्वागत, आधा घण्टामा ३ अर्बको कारोबार

    नयाँ गभर्नरलाई नेप्सेको स्वागत, आधा घण्टामा ३ अर्बको कारोबार

    624
    SHARES
    नयाँ गभर्नरलाई नेप्सेको स्वागत, आधा घण्टामा ३ अर्बको कारोबार

    काठमाण्डौ । नयाँ गभर्नर नियुक्तीलाई सेयर बजारले स्वागत गरेको छ । लामो रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।



     

    बुधबार कारोबार खुलेको आधा घण्टामा नै ३ अर्ब बढीको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब १६ करोड रुपैयाँको मात्रै कारोबार भएकोमा बुधबार भने आधा घण्टामा नै ३ अर्ब बढीको कारोबार भएको हो ।

     

    आज प्रिओपन सेसनमा नै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.७९ अंकले बढेर २७१२ विन्दुमा पुगेको थियो । त्यसपछि ११ बजेर तीन मिनेटमा नेप्से २७७१ विन्दुसम्म पुगेको थियो । समाचार तयार पार्दासम्म भने नेप्से २३ अंकले बढेर २७०० विन्दुमा छ ।

     

    अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ४९.०९ अंकले बढेर २६७७ विन्दुमा कायम भएको थियो भने सोमबार १९.३० अंकले बढेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, ७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट