logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • खप्तड लघुवित्त र इस्टर्न हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

    खप्तड लघुवित्त र इस्टर्न हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

    1.9K
    SHARES
    खप्तड लघुवित्त र इस्टर्न हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एक लघुवित्तसहित दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।



    सेबोनले खप्तड लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। खप्तड लघुवित्तले आज (साउन १० गते) र इस्टर्न हाइड्रोपावरले हिजो (साउन ९ गते) आईपीओ निष्कासनको अनुमति पाएका हुन्।

    सेबोनको अनुमतिसँगै अब खप्तड लघुवित्तले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्नेछ। जुन कम्पनीको चुक्तापुँजीको ३३ प्रतिशतबराबर हुन आउँछ। यो लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    यसैगरी सेबोनको अनुमतिसँगै इस्टर्न हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ४० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। जुन चुक्तापुँजीको २० प्रतिशतबराबरको हो। यो हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि दुई चरणमा आईपीओ बिक्री गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ११ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट