logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’का इकाइहरु आज बाँडफाँड

    ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’का इकाइहरु आज बाँडफाँड

    1.6K
    SHARES
    ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’का इकाइहरु आज बाँडफाँड

    काठमाण्डौ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ का इकाइहरु आज बुधबार बाँडफाँड गरिएको छ। योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको कार्यालयमा उक्त योजनाका इकाइहरु बाँडफाँड गरिएको हो।



    यस योजनाका इकाइहरु गत असार २२ गतेबाट साउन ४ गतेसम्म बिक्री गरिएको थियो। जसअनुसार यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड २० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिएको थियो। योजना व्यवस्थापकका अनुसार ६० हजार ७१९ आवेदकबाट ८ करोड ४५ लाख ८९ हजार ७६० इकाइ खरिदका लागि आवेदन परेको थियो। तीमध्ये ५६ आवेदकबाट परेको १३ हजार ४०० खरिद आवेदन रद्द भएका छन्।

    रितपूर्वक ६० हजार आवेदकबाट ८ करोड ४५ लाख ७६ हजार ३६० इकाइ खरिद आवेदन परेको क्यापिटलले जनाएको छ। जसअनुसार १०० इकाइदेखि १ करोड २० लाख इकाइ खरिद आवेदन दिने ६० हजार ६६३ आवेदकलाई मागबमोजिम इकाइ बाँडफाँड गरिएको छ।

    यसका साथै कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक तथा योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई बीजपुँजीबापत लगानी गरेको १५ प्रतिशतले हुने १ करोड ८० लाख इकाइ यसअघि नै बाँडफाँड गरिएको थियो। उक्त योजनाका इकाइहरुको बाँडफाँडको नतिजा ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ। सीडीएससीको iporesult.cdsc.com.np र meroshare.cdsc.com.np मा पनि हेर्न सकिनेछ।


    अर्थ चाैतारी
  • बुधबार, ११ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट