काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) को अध्यक्षमा सीए निल बहादुर सारु मगर निर्वाचित भएका छन्। यसअघि उपाध्यक्ष रहेका मगर यसपटक अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। निल बहादुर सारु मगर भने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। जसको अर्थ उनको विपक्षमा कुनै उम्मेदवार नउभिएकोले बिना मतदान नै उनलाई अध्यक्ष घोषणा गरिएको हो।
त्यस्तै, आइक्यानको उपाध्यक्ष पदमा सीए आनन्द राज शर्मा वाग्ले निर्वाचित भएका छन्।
संस्थाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै चार्टर्ड एकाउन्टेन्सी पेसाको विकास, नियमन र सुधारमा थप गति आउने अपेक्षा गरिएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नयाँ नेतृत्व चयन भएको छ। आइक्यानको अध्यक्षमा सीए निल बहादुर सारु मगर निर्वाचित भएका छन्। यसअघि संस्थाका उपाध्यक्ष रहेका मगर यसपटक अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
उनी लामो समयदेखि चार्टर्ड एकाउन्टेन्सी पेसामा संलग्न रहँदै आइक्यानको विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। अध्यक्षको हैसियतमा उनले पेसाको व्यावसायिकता, आचारसंहिता र सदस्य सेवामा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।
यसैगरी, आइक्यानको उपाध्यक्षमा सीए आनन्द राज शर्मा वाग्ले निर्वाचित भएका छन्। उनले पनि विगतमा लेखापरीक्षण, पेशागत शिक्षा, तथा नियमन सम्बन्धी गतिविधिमा सक्रिय भूमिका खेलेका थिए।
अर्थ चाैतारी ।