logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आइएमई पे र खल्ती मर्जर सम्पन्न, ‘आइएमई खल्ती लिमिटेड’ का रूपमा एकीकृत कारोबार सुरु

    आइएमई पे र खल्ती मर्जर सम्पन्न, ‘आइएमई खल्ती लिमिटेड’ का रूपमा एकीकृत कारोबार सुरु

    520
    SHARES
    आइएमई पे र खल्ती मर्जर सम्पन्न, ‘आइएमई खल्ती लिमिटेड’ का रूपमा एकीकृत कारोबार सुरु

    काठमाण्डौ । नेपालको डिजिटल भुक्तानी क्षेत्रका दुई ठूला सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि एक आपसमा गाभिएर नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ बनेका छन्। आज साउन १ गतेदेखि एकीकृत कारोबार सुरु भएको हो।



    यो मर्जरसँगै अब दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सबै भुक्तानी सेवा एकीकृत एप ‘खल्ती बाइ आइएमई’ मार्फत उपलब्ध हुनेछन्। नेपालको डिजिटल भुक्तानी इतिहासमा पहिलोपटक दुई प्रमुख वालेट मर्ज भएका छन्।

    १ करोड २७ लाख प्रयोगकर्ता एउटै प्लेटफर्ममा
    मर्जरपछि कम्पनीको मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा हुनेछ भने १ करोड २७ लाखभन्दा बढी प्रयोगकर्ता एउटै एपमा जोडिने कम्पनीले जनाएको छ। मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुगेको छ।

    आइएमई पेमा आइएमई ग्रुपको लगानी रहेको छ

    खल्तीमा वर्ल्ड लिंक र त्रिवेणी ग्रुपको लगानी रहेको छ

    आइएमई पेले इजाजतपत्र २०७४ असार ५ गते

    खल्तीले २०७६ वैशाख २ गते इजाजतपत्र पाएको हो

    भिन्न विशेषता भएका दुई वालेट, एकीकृत उत्कृष्टता
    आइएमई पे: ब्याज दिने एकमात्र वालेट, रेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवामा अग्रणी

    खल्ती: मुभी बुकिङ, इभेन्ट टिकटिङ, इनोभेटिभ फिचरहरूमा लोकप्रिय

    अब यी दुवै वालेटका विशिष्ट सेवा सुविधाहरू ‘खल्ती बाइ आइएमई’ मा समाहित हुँदै सहज, परिष्कृत र सुरक्षित सेवा अनुभव प्रदान गरिने बताइएको छ।

    प्रयोगकर्ताको सहज माइग्रेशन प्रक्रिया
    आइएमई पे प्रयोगकर्ताहरूका लागि रकम, ब्याज, रिवार्ड प्वाइन्ट लगायत सम्पूर्ण विवरण स्वचालित रूपमा नयाँ एपमा माइग्रेट हुने व्यवस्था गरिएको छ

    खल्ती प्रयोगकर्ताहरूले एप अपडेट गरेर नयाँ अनुभव लिन सक्नेछन्

    नेतृत्वद्वयको आशा: नयाँ युगको सुरुवात
    आइएमई डिजिटलका अध्यक्ष कृष्ण प्रसाद शर्माले मर्जरले डिजिटल नेपाललाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे

    खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले यो कदम नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिको लागि ऐतिहासिक भएको बताए

    नयाँ कम्पनीका सीईओ विनय खड्काले डिजिटल पहुँच, साक्षरता र समावेशीकरणका लागि नयाँ योजनाहरू अघि सारिने जनाए


    अर्थ चाैतारी
  • विहिबार, १ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट