logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आज देशभर नागपञ्चमी पर्व, घरघरमा नाग पूजा गर्दै मनाइँदै

    आज देशभर नागपञ्चमी पर्व, घरघरमा नाग पूजा गर्दै मनाइँदै

    1.1K
    SHARES
    आज देशभर नागपञ्चमी पर्व, घरघरमा नाग पूजा गर्दै मनाइँदै

    काठमाण्डौ । सनातन वैदिक परम्पराअनुसार आज श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन नागका आठ कुलदेवताहरू — अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख — को पूजा गरी तस्बिर घरको मूल ढोकामा टाँसिन्छ।



    धार्मिक विश्वासअनुसार नाग पूजाले सर्प, बिच्छी, चट्याङ, आगलागी र प्राकृतिक आपदाबाट रक्षा हुने जनविश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार नाग पूजाको परम्परा वैदिककालदेखि सुरु भएको हो।

    शास्त्र अनुसार भगवान शिवले नागको माला, विष्णुले शेष नागको शय्या तथा गणेशको हातमा नाग रहने भएकाले सर्पलाई दिव्य रूपमा मानिन्छ। श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेका थिए भन्ने प्रसङ्ग समेत पुराणमा उल्लेख छ।

    नागपञ्चमीसँग जोडिएको एक लोकप्रिय किंवदन्ती अनुसार, नागले किसानको परिवारलाई क्षमा गरी जीवनदान दिएको दिन यही पञ्चमी तिथि थियो, त्यसै दिनदेखि नाग पूजा गर्ने परम्परा सुरु भएको हो।

    आज विशेषरूपमा काठमाडौ‌ंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानहरूमा विशेष पूजाआजा गरिँदैछ। गाईको दूध, दुबो, अक्षता, खीर, रोटी आदिका साथ नागलाई प्रसन्न पार्ने प्रयत्न गरिन्छ।

    आजको दिन घरको ढोकामा नागको तस्बिर टाँस्ने, खेतबारी नजोत्ने र सर्प लगायत जीव मार्न नहुने धार्मिक मान्यता रहिआएको छ।

    वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि नागजस्ता जीवहरूले वातावरणमा रहेका विषालु पदार्थ शोषण गरी जैविक सन्तुलनमा योगदान पुर्‍याउने तथ्य रहिआएको धार्मिक मान्यता छ।

    नागपञ्चमीसँगै हिन्दू धर्मावलम्बीहरूको चाडपर्वको मौसम पनि सुरु भएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट