logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सागर डिस्टिलरीले २५ गतेबाट आईपीओ निष्काशन गर्दै, ११ लाख कित्तामा आवेदन दिन पाउने

    सागर डिस्टिलरीले २५ गतेबाट आईपीओ निष्काशन गर्दै, ११ लाख कित्तामा आवेदन दिन पाउने

    936
    SHARES
    सागर डिस्टिलरीले २५ गतेबाट आईपीओ निष्काशन गर्दै, ११ लाख कित्तामा आवेदन दिन पाउने

    काठमाण्डौ । सागर डिस्टिलरी लिमिटेडले भदौ २५ गतेबाट आइपीओ निष्काशनमा ल्याउने भएको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्काशनमा ल्याउन लागेको हो। यसअघि वैदेशिक रोजगारीमा गएका नागरिकहरुमा आईपीओ निष्काशन गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि निष्काशन गर्न लागेको हो।



     

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्ता पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतले आउने १४ लाख ५२ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअनुसार १ लाख ४५ हजार २ सय कित्ता वैदेशिक रोजगारीमा गएकाहरुलाई बाँडफाँट गरेको छ भने ७२ हजार ६ सय कित्ता सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। आइपीओ भदौ २९ गतेसम्म खुला रहनेछ।

     

    कम्पनीले आईपीओ निष्काशनका लागि सार्वजनिक विवरणअनुसार खुद नाफा ३४ लाख छ भने प्रतिसेयर आम्दानी ०.५९ पैसा रहेको छ। यस्तै नेटवर्थ भने १०६ रुपैयाँ ८७ पैसा रहेको छ। कम्पनीले ९ वर्षभित्र लगानी फिर्ता गर्ने अपेक्षा लिएको छ।

     

    अघिल्लो वर्षहरूमा नाफा ऋणात्मक देखिए पनि गत वर्षबाट कम्पनीको नाफामा सुधार देखिएको हो। यस्तै इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई एकल बी प्लस रेटिङ दिएको छ। यसले वित्तीय दायित्व वहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउँछ।


    अर्थ चाैतारी
  • विहिबार, १९ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट