logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

    आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

    1.1K
    SHARES
    आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

    काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित हुनुभएको छ । आज यहाँ सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी आशा थपलियाले ४१ र विश्वास रेग्मीले ९२ मत प्राप्त गर्नुभयो ।



     

    समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले १०४ मत प्राप्त गर्नुभयो ।

     

    यसैगरी, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने १३३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका आशा थापाले १०८ मत प्राप्त गर्नुभयो । समितिको सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित हुनुभएको छ ।

    समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी), कमल धिताल (बाह्रखरी), भोजराज भण्डारी (कर्पोरेट समाचार), राजु बास्कोटा (क्लिकमाण्डु) र सीमा तामाङ (कान्तिपुर दैनिक) निर्वाचित हुनुभएको छ ।

     

    यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । यहाँ आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गर्नुभएको हो । त्यस अवसरमा उहाँले नवनिर्वाचत कार्यसमितिले सेजनको गरिमालाई थप उचो बनाउँदै आर्थिक क्षेत्रका मुद्दा उठानमार्फत नेपाली मिडियामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गर्नुभयो ।

     

    राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्षसमेत रहनुभएका झाले पछिल्लो समय आर्थिक ‘बिट’मा कलम चलाउने पत्रकारहरूको भूमिका थप बढ्दै गएको भन्दै सेजनले यस क्षेत्रमा क्रियाशील पत्रकारको क्षमता विकास, पत्रकारका मुद्दा र आर्थिक सवालहरू उजागर गरी थप योगदान गर्नु पर्नेमा जोड दिनुभयो ।

     

    सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेका थिए ।


    अर्थ चौतारी
  • आइतबार, २२ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट