logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै

    एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै

    962
    SHARES
    एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै

    काठमाण्डौ । एसवाई प्यानल नेपालले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट निष्काशन अनुमति पाएको कम्पनीले भदौ २९ देखी आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको थियो ।



     

    जसमध्ये २ प्रतिशत अर्थात् २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरले २ लाख ६१ हजार ६२९ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात् ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । स्थानीयका लागि माग गरिएको आवेदनमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरुका स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

     

     

    कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीको सेयर बाँडफाँड गरे पश्चात जारी पुँजीको ३८ प्रतिशत अथात ४९ करोड ७० लाख ९२ हजार १०० रुपैयाँ बराबरको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्येबाट आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर निष्कासन गर्नेछ ।

     

     

    बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधरणका लासग निष्काशन हुनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिका लागि आवेदन दिने समय भदौ २९ देखि असोज १२ गतेसम्मको समयावधि तोकिएको छ भने वैदेशिक रोगारीमा रहेका नेपालीहरुले पनि भदौ २९ गतेदेखि छिटोमा असोज १ गते र ढिलोमा १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, २२ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट