logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • काठमाण्डौ जिल्ला अदालत वबरमहलस्थित उड्डयन प्राधिकरणको भवनबाट सेवा सञ्चालन गर्न तयारी

    काठमाण्डौ जिल्ला अदालत वबरमहलस्थित उड्डयन प्राधिकरणको भवनबाट सेवा सञ्चालन गर्न तयारी

    1.7K
    SHARES
    काठमाण्डौ जिल्ला अदालत वबरमहलस्थित उड्डयन प्राधिकरणको भवनबाट सेवा सञ्चालन गर्न तयारी

    काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछि स्थानविहीन बनेको काठमाण्डौ जिल्ला अदालतले अब वबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को भवनबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्ने तयारी गरेको छ।



     

    यस सम्बन्धमा आज (बिहीबार) बिहान साढे ११ बजे प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाइएको छ। प्राधिकरणको सञ्चालक समितिको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले गर्ने व्यवस्था अनुसार हाल पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक बस्ने भएको हो।

     

    बैठकमा जिल्ला अदालतले माग गरेको प्राधिकरणको केही कोठा प्रयोग गर्न दिने प्रस्तावमाथि छलफल गरी अन्तिम निर्णय लिइने प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

     

    जेनजी आन्दोलनको समयमा जिल्ला अदालतको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अदालतले उपयुक्त स्थानको खोजी गरिरहेको थियो। प्राधिकरणको भवन पनि आंशिक रूपमा आगजनीमा परे पनि केही कोठा प्रयोगयोग्य अवस्थामा रहेको र तत्कालका लागि प्रयोग गर्न सकिने बताइएको छ।

     

    अदालतले यसअघि नै प्राधिकरणसँग भवन प्रयोगको अनुमति मागेको थियो। यता, प्राधिकरणले पनि भवनको केही भाग अस्थायी रूपमा अदालतलाई प्रयोग गर्न दिन सकिने संकेत गरेको छ।

     

    तर, प्राधिकरणका अधिकारीहरूका अनुसार भवन सरकारी जग्गामा रहेकाले अन्ततः निर्णय सरकारकै तहबाट हुनेछ। यसबीच, प्राधिकरणलाई नियामक र सेवाप्रदायक गरी दुई निकायमा विभाजन गर्ने तयारी पनि भइरहेको छ, जसअनुसार नयाँ आधुनिक भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ।

     

    यदि बोर्ड बैठकले अनुमति दिए, भने केही साताभित्रै काठमाडौं जिल्ला अदालतले वबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणको भवनबाट पुनः सेवा सञ्चालन गर्ने तयारी गर्नेछ।


    अर्थ चौतारी
  • विहिबार, ३० असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट