logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • गरिमा विकास बैंकले १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते विहीबार गर्ने

    गरिमा विकास बैंकले १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते विहीबार गर्ने

    1.2K
    SHARES
    गरिमा विकास बैंकले १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते विहीबार गर्ने

    काठमाण्डौ । गरिमा विकास बैंकले १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते विहीबार गर्ने भएको छ । सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा हुने जनाइएको छ ।



     

    सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित छ ।

     

    सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम हाल कायम चुक्ता पूँजीको ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक वर्ष २०८२ /०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

     

    सभाले संचालक समितिको प्रस्ताव तथा नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने, विकास बैंकको हाल कायम अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

     

    सभाले विकास बैंकको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं लाजिम्पाटबाट काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं ३, बालुवाटारमा स्थानान्तरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

     

    विकास बैंकको छाप तथा लोगो परिवर्तन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, संचालकहरुलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम बृद्धि गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

     

    गरिमा विकास बैंक लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था गाभ्ने तथा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति पत्र तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न र निजबाट बैंकको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन गराउने तथा गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने, गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धी कार्यको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रक्रिया अवलम्बन गरी गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

     

    सभाले विकास बैंकको प्रबन्धपत्र तथा नियमावलीको संशोधनसँग सम्बन्धित कार्यहरु स्वीकृतिको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट कुनै विषय, शर्तहरु लगायतका संशोधन र फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।


    अर्थ चौतारी
  • मंगलबार, ४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट