logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • आज बजारबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    आज बजारबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    1.3K
    SHARES
    आज बजारबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालीन निक्षेप संकलन उपकरणद्वारा ४२ दिनका लागि रकम तान्न लागेको हो।



     

     

    इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने संख्यामा कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। अनलाइन बिडिङ मार्फत् आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ।

     

     

    यसको साँवा तथा ब्याज भुक्तानी मंसिर २१ गते हुने राष्ट्र बैंकले जनाएको छ। यो निक्षेप संकलनमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।


    अर्थ चौतारी
  • आइतबार, ९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट