logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • मुस्ताङमा हिमपात, घुम्न गएका पर्यटक अप्ठेरोमा

    मुस्ताङमा हिमपात, घुम्न गएका पर्यटक अप्ठेरोमा

    1.1K
    SHARES
    मुस्ताङमा  हिमपात, घुम्न गएका पर्यटक अप्ठेरोमा

    मुस्ताङ । मुस्ताङको माथिल्लो क्षेत्रमा आज बिहानैदेखि भीषण हिमपात सुरु भएको छ। हिमपातका कारण घुम्न गएका स्वदेशी र विदेशी पर्यटकहरू अप्ठेरोमा परेका छन्।



    मुक्तिनाथ र जोमसोम क्षेत्रमा बाक्लो हिउँ परेको जनाइएको छ। स्थानीय सुमन कार्कीका अनुसार मुक्तिनाथ मन्दिर वरिपरि करिब तीन फिटभन्दा बढी हिउँ जम्मा भइसकेको छ, जसले मन्दिरसम्म पुग्न कठिनाइ भएको छ।

    तिहार सकिएपछि आन्तरिक पर्यटकहरूको संख्या मुस्ताङमा बढी भएकाले फर्कने क्रममा रहेका धेरैजना हिमपातको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय मुस्ताङले बाक्लो हिमपात भइरहेको भन्दै मुस्ताङ पदयात्रा र भ्रमण स्थगित गर्न आग्रह गरेको छ।

    मुक्तिनाथमा रहेकी पर्यटक निशा थापाले भने, “हिउँ लगातार परिरहेको छ, सडक र सवारीसाधन सबै हिउँले ढाकिएको छ, गाडी वा मोटरसाइकल निकाल्न पनि नसकिने अवस्था छ।”


    अर्थ चौतारी
  • मंगलबार, ११ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट