logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • राष्ट्र बैंकको कडाई : सञ्चालनमा कमजोरी देखिएपछि राष्ट्र बैंकद्वारा दुई विकास बैंकमाथि निगरानी र सचेतना

    राष्ट्र बैंकको कडाई : सञ्चालनमा कमजोरी देखिएपछि राष्ट्र बैंकद्वारा दुई विकास बैंकमाथि निगरानी र सचेतना

    1.3K
    SHARES
    राष्ट्र बैंकको कडाई : सञ्चालनमा कमजोरी देखिएपछि राष्ट्र बैंकद्वारा दुई विकास बैंकमाथि निगरानी र सचेतना

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ। बैंकको पूँजी कोष अनुपात तोकिएको सीमा भन्दा २४.९ प्रतिशतले कम भएपछि केन्द्रीय बैंकले यो कदम चालेको हो।



    राष्ट्र बैंकका अनुसार, न्यूनतम पूँजी कोष अनुपात कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गर्नुपर्ने प्रावधान अनुसार सप्तकोशीमाथि कारबाही गरिएको हो।

    २०८२ असार मसान्तसम्मको विवरणअनुसार, बैंकको पूँजी कोष अनुपात ७.५१ प्रतिशत मात्र रहेको छ, जुन न्यूनतम १० प्रतिशतको मानकभन्दा २४.९ प्रतिशतले कम हो।

    स्थलगत निरीक्षण प्रतिवेदनका अनुसार, २०८१ असार मसान्तमा कर्जा नोक्सानी व्यवस्थाको समायोजनपछि पूँजी कोष अनुपात ४२.७ प्रतिशतमा मात्र पुगेको थियो।

    राष्ट्र बैंकले सप्तकोशी बैंकलाई सुधारका लागि निर्देशन दिँदै,

    नगद लाभांश र बोनस सेयर वितरणमा रोक,

    नयाँ शाखा विस्तारमा प्रतिबन्ध,

    सञ्चालक र व्यवस्थापन टोलीका भत्ता तथा सुविधा वृद्धि रोक,
    जस्ता उपाय लागू गरेको छ।

    यसबाहेक, निरीक्षण क्रममा पाइएका अनियमितता सुधार्ने जिम्मेवारी बैंकको सञ्चालक समितिमा रहने र सीईओबाट भएका कमजोरीबारे लिखित निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।

    केन्द्रीय बैंकका अनुसार, बैंकले केही चालु पूँजी कर्जाहरू बिना पर्याप्त कागजात कोर बैंकिङ प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी विवरण यथार्थपरक नभएको, र रिपोर्टिङ विश्वसनीय नदेखिएको कारण बैंकका सीईओ दिनेशकुमार पोखरेललाई सचेत गराइएको हो।

     

    यससँगै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले लुम्बिनी विकास बैंकलाई पनि कारबाही गरेको छ। निरीक्षणमा सीईओलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति पश्चात सेवा सुविधा वृद्धि गरेको पाइएकोले सञ्चालक समितिलाई सचेत गराइएको हो।

     

    राष्ट्र बैंकले दुवै संस्थालाई नियामक मापदण्ड र सुशासन पालना गर्न कडाइका साथ निर्देशन दिएको छ।

     


    अर्थ चौतारी
  • विहिबार, १३ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट