logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

    मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

    793
    SHARES
    मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

    मुस्ताङ । मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो । तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका उच्चलेकमा हिमपात भए पनि बस्तीमा हिमपात भएको थिएन । यो वर्ष यहाँ कात्तिकमा नै हिमपात भएको छ ।



     

    निरन्तर वर्षा भइरहेकाले जनजीवन प्रभावित भएको छ । पढ्ने बालबालिकालाई सास्ती भएको छ । धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले वर्षाले असर पु¥याएको धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले जानकारी दिनुभयो ।

     

    वर्षा भइरहे पनि सबै विद्यालयमा पठनपाठन भने भइरहेको छ । मुक्तिनाथ क्षेत्रमा निरन्तर वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिनुभयो । “वर्षाका कारण रानीपौवा बसपार्कदेखि मुक्तिनाथको तल्लो प्रवेशद्वारसम्मको बाटो हिलाम्मे भएको छ ।”

     

    कर्मचारी सुवेदीले हिमपात र वर्षा भइरहे पनि भक्तजनका लागि मुक्तिनाथ मन्दिर खुल्लै रहेको बताउनुभयो । मुक्तिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्त भक्तजनलाई मन्दिर पुगेर दर्शन गरी फर्किन सकस भइरहेको मुक्तिनाथस्थित जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले बताउनुभयो । मुक्तिनाथ बसपार्कदेखि घोडा र डोलीमा चढाएर मुक्तिनाथ आउजाउ गर्ने कार्य प्रभावित बनेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, १४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट