logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • विश्वकप लिग-२ : अन्तिम खेलमा पहिलो जित हासिल गर्ने प्रयासमा नेपाल

    विश्वकप लिग-२ : अन्तिम खेलमा पहिलो जित हासिल गर्ने प्रयासमा नेपाल

    1.2K
    SHARES
    विश्वकप लिग-२ : अन्तिम खेलमा पहिलो जित हासिल गर्ने प्रयासमा नेपाल

    काठमाण्डौ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज (बुधबार) नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ।



     

    यूएईको दुबईस्थित आईसीसी एकेडेमीमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। जारी सिरिजमा लगातार तीन खेल हारेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। पहिलो खेलमा यूएईसँग पराजित नेपाल आज त्यसको बदला लिँदै महत्त्वपूर्ण २ अंक जोड्न चाहन्छ। अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले हारेको थियो भने यूएईसँग ५ विकेटले पराजित भएको थियो।

     

    यूएई भने नेपालविरुद्ध लगातार दोस्रो जित हासिल गर्ने दाउमा छ। अमेरिकासँगका दुई खेलमा हार भोगेको यूएई आज नेपाललाई दोस्रोपटक हराउँदै २ अंक थप्ने रणनीतिमा हुनेछ। अमेरिकासँग यूएई पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २ सय ४३ रनले हारेको थियो।

     

    अंक तालिका
    लिगमा २४ खेल खेलेको अमेरिका १८ जित र ६ हारका साथ ३६ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा छ।

    समान खेल खेलेको स्कटल्यान्ड १३ जित र ७ हार तथा ४ खेलमा अंक बाँड्दै ३० अंकसहित दोस्रो स्थानमा छ।

    समान २४ खेल खेलेको नेदरल्यान्ड्स १३ जित, ९ हार र २ खेलमा अंक बाँडेर २८ अंकका साथ तेस्रो स्थानमा छ।

    २० खेलमा ११ जित, ७ हार र २ खेलमा अंक बाँडेको ओमान २४ अंकसहित चौथो स्थानमा छ।

    लिगका २४ खेलमा ९ जित, १२ हार र ३ खेलमा अंक बाँडेको क्यानडा २१ अंकका साथ पाचौँ स्थानमा छ।

    २४ खेलमध्ये ९ मा जित, १४ मा हार र एक खेलमा अंक बाँडेको नामिबिया १९ अंकसहित छैटौँ स्थानमा छ।

    लिगका १९ खेल खेलेको नेपाल ५ जित, १२ हार र २ खेलमा अंक बाँड्दै १२ अंक बनाएर सातौँ स्थानमा छ।

    त्यति नै खेल खेलेको यूएई ४ जित र १५ हारसहित ८ अंक बटुलेर तालिकाको पुछारमा छ।


    अर्थ चौतारी
  • बुधबार, १९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट