काठमाण्डौ । अमेरिकी कम्पनी टेस्ला इंकका सीईओ एलन मस्कका लागि १ ट्रिलियन डलरको तलब प्याकेज कम्पनीका शेयरधारकहरुले अनुमोदन गरेका छन्। यो अहिलेसम्मको सबैभन्दा ठूलो कर्पोरेट सीईओ तलब प्याकेज हो।
कम्पनीको वार्षिक बैठकमा ७५% शेयरधारकले यो प्याकेजको पक्षमा मतदान गरेका थिए। मस्कले पूर्ण तलब प्राप्त गर्न टेस्लाको बजारमूल्य वृद्धि, सुस्त कार व्यवसाय सुधार, र रोबोट्याक्सी तथा अप्टिमस रोबोटिक्सको लक्ष्य पूरा गर्नुपर्नेछ।
अर्थ चौतारी ।