logo

२०८२ मंसिर १, सोमबार

logo
  • २०८२ मंसिर १, सोमबार
  • सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश पारित

    सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश पारित

    260
    SHARES
    सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश पारित

    काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

     

    सभाले बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैँयाको ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैंया बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैँया नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

     

    साथै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट