काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा धनकुटाको हिले कान्जिरोवा मकालु होटेलमा सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण गरिएको वित्तीय विवरण, तथा संस्थाको प्रबन्धपत्र र नियमावलीका केही दफा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
संस्थाले पारित भएका निर्णयहरू कार्यान्वयन गरेर आगामी वर्षमा अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
अर्थ चौतारी ।