logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ‘ग्लोकल टीन हिरो’ अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

    ‘ग्लोकल टीन हिरो’ अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

    2K
    SHARES
    ‘ग्लोकल टीन हिरो’ अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

    काठमाण्डौ । वाईवाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ। देश भरिका किशोर किशोरीहरूबाट कुल ६४८ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो।



    किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो। आयोजकका अनुसार यस वर्ष सेप्टेम्बर १, २०२२ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाईवाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ।

    वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरु आशिष शाह (धनुषा–शिक्षा प्राविधिक), विमर्ष पौडेल, (चितवन–चलचित्र निर्माता), दर्शना रिजाल (मोरङ–महिला अधिकारकर्मी), निश्चल सिंह विष्ट, (अछाम–इकोप्रेनेउर), राहुल रञ्जन शाह (धनुषा, खगोल विज्ञान प्रेमी), र सृजना गौतम (मोरङ, सामाजिक कार्यकर्ता) रहेका छन्। अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२२ को बिजेता घोषणा गरिने आयोजकले जनाएको छ।

    यस वर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्डि र व्यवसाय विकास निर्देशक विधुसी राणा, नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष, सौरभ ज्योति रहेका छन्।

    यस वर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। प्रतिस्पर्धीहरुलार्ई भोट गर्न, आफूलाई मनपर्ने फाइनलिस्टको भोटिङ कोड ३३००१ मा एसएमएस गर्न सकिनेछ।


    अर्थ चाैतारी
  • शनिबार, ४ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट