काठमाण्डौ । आज मङ्सिर ११ गते ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गते र मङ्सिर १४ गते बुक क्लोज गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ११ गते अन्तिम दिन हो।
हेर्नुस् आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनी, तिनले प्रस्ताव गरेका लाभांश र साधारणसभाको मिति:
१. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक: ३ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश, साधारणसभा २६ मङ्सिरमा
२. सर्वोत्तम सिमेन्ट: ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश, साधारणसभा २६ मङ्सिरमा
३. नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा: ६.३१५८ प्रतिशत नगद लाभांश, साधारणसभा २३ मङ्सिरमा
४. कृषि विकास बैंक: ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद लाभांश, साधारणसभा २९ मङ्सिरमा
५. बरूण हाइड्रोपावर: ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश, साधारणसभा २६ मङ्सिरमा
६. ङादी ग्रुप पावर: ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश, साधारणसभा २५ मङ्सिरमा
अर्थ चौतारी ।