काठमाण्डौ । अटो व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अब महासंघमा जाने भएको छ।
नाडा केन्द्रीय कार्यसमितिको बैठकले आगामी वार्षिक साधारणसभामा महासंघमा लैजाने प्रस्ताव गर्ने भएको हो।
एशोसिएशनका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौं १९ गते बसेको नाडाको २२ औं र मंसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव सहित सभा आव्हान गरेको हो ।
नाडाको ४९औँ वार्षिक साधारण सभा दि प्लाजा, ललितपुरमा आयोजना गरिने निर्णय भएको छ। सभाको मुख्य एजेण्डा नै नाडालाई महासंघमा लैजाने प्रस्ताव रहेको छ ।
नाडा महासंघको रूपान्तरणले संस्थालाई अझ सशक्त बनाउँदै अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व र समन्वयमा नयाँ पहिचान स्थापना गर्ने अपेक्षा गरिएको छ।