logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बुद्ध भूमि नेपाल हाइड्रोपावरको साधारणसभा बस्दै

    बुद्ध भूमि नेपाल हाइड्रोपावरको साधारणसभा बस्दै

    1.1K
    SHARES
    बुद्ध भूमि नेपाल हाइड्रोपावरको साधारणसभा बस्दै

    काठमाण्डौ । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आज मंसिर २४ गते काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजेदेखि बस्दैछ।



     

    लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीको उक्त सभाले सञ्चालक समितिको तर्फबाट पेश हुने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ।

     

    त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिका सदस्यहरूको भत्ता अनुमोदन गर्ने र माइन्यूटमा हस्ताक्षर गर्ने प्रतिनिधिको नियुक्ति गर्नेछ।

     

    साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र मतदान गर्न सक्नेछन्।


    अर्थ चौतारी
  • बुधबार, २४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट