logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लाभांश र मर्जर प्रस्ताव सहित नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा

    लाभांश र मर्जर प्रस्ताव सहित नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा

    1.2K
    SHARES
    लाभांश र मर्जर प्रस्ताव सहित नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा

    काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको ३२औं वार्षिक साधारणसभा पुस १८ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने भएको छ।



     

    उक्त साधारसभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

     

    त्यसैगरी गत आर्थिक वर्षको प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा १ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने प्रस्ताव पनि तय गरिएका छन्।

     

     

    बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा पुस ३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


    अर्थ चौतारी
  • विहिबार, २५ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट