logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • एमाले महाधिवेशनको निर्वाचनमा उम्मेदवारबाटै उठ्यो ३३ लाख

    एमाले महाधिवेशनको निर्वाचनमा उम्मेदवारबाटै उठ्यो ३३ लाख

    1.7K
    SHARES
    एमाले महाधिवेशनको निर्वाचनमा उम्मेदवारबाटै उठ्यो ३३ लाख

    काठमाण्डौ । नेकपा एमालेको ११ औं महाधिवेशनमा उम्मेदवारी फारम र दर्ताबाट मात्रै ३३ लाख रुपैयाँ उठेको छ । एमालेको निर्वाचन आयोगका अनुसार १ हजार ४ सय फारम बिक्रीबाट प्रति फारम १ सय रुपैयाँका दरले १ लाख ४० हजार रुपैयाँ उठेको छ । यस्तै, उम्मेदवारी दर्ताबाट ३१ लाख ६५ हजार रुपैयाँ स‌ंकलन भएको छ ।



     

    आयोगका अनुसार कुल ६०३ उम्मेदवारी दर्ता भएका थिए । आयोगले अध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा प्रति उम्मेदवारी १५ हजार रुपैयाँ स‌ंकलन गरेको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षका दुई उम्मेदवारबाट ३० हजार रुपैयाँ संकलन भएको छ ।

     

    निर्वाचन आयोगले दिएको जानकारीअनुसार अध्यक्षबाहेक अरू सबै पदाधिकारीका लागि १० हजार रुपैयाँ तोकिएको थियो । छ जना उपाध्यक्षका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एघार जना उपाध्यक्षका उम्मेदवारबाट एक लाख १० हजार रुपैयाँ संकलन भएको निर्वाचन आयोगले जनाएको छ । दुई महासचिवले २० हजार रुपैयाँ निर्वाचन आयोगमा संकलन गरेको आयोगले जानकारी दिएको छ ।

     

     

    उपमहासचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपमहासचिवहरूले उम्मेदवारी दर्ता गर्दा प्रति उम्मेदवार १० हजारका दरले ७० हजार रुपैयाँ उठेको आयोगले जनाएको छ । एमालेको सचिवमा ९ जना आवश्यक पर्ने भएपनि २० जनाको उम्मेदवारी परेको छ । उपमहासचिवका २० उम्मेदवारबाट निर्वाचन आयोगले २ लाख रुपैयाँ प्राप्त गरेको बताएको छ ।

     

    यस्तै, सदस्य पदका लागि प्रति उम्मेदवारी ५ हजार रुपैयाँ निर्वाचन दर्ता दस्तुर तोकिएको थियो । सदस्यमा ५६१ उम्मेदवारी परेको थियो । सदस्य पदका उम्मेदवारको उम्मेदवारी दर्ताबाट २८ लाख ५ हजार रुपैयाँ उठेको आयोगका एक सदस्यले जानकारी दिए ।


    अर्थ चौतारी
  • मंगलबार, १ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट